बैशाख २ गते, २०८३ - १०ः०६
Follow us:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रकाशित मिति :- २०७६।०५। १३ शुक्रबार

नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच भएको सम्झौता अनुसारश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत यस धादिङ जिल्लामा सुुरक्षित वैदेशिक रोजगार सम्बन्धि सूचना तथा परामर्श केन्द्र सञ्चालन गर्ने तथा निलकण्ठ नगरपालिका, धुनीबेसी नगरपालिका, थाक्रे गाउँपालिका र गंगाजमुना गाऊँपालिकामा समुदाय सचेतीकरणका कार्यक्रमहरु, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता सम्वन्धी कार्यक्रमहरु सञ्चालनमा सहयोग पुर्‍याउनकालागि सञ्चालन हुन गईरहेको सुरक्षित आप्रवासन कार्यक्रम(Safer Migration Program)का लागि निम्नानुसारको जनशतिmको आवश्यकता रहेको हुनाले अनुभवी नेपाली नागरिकहरुबाट तल उल्लेखित पदहरुका लागि दरखास्त आब्हान गरिएको छ ।
१. पद :- कार्यक्रम संयोजक (१ जना)
♦ आवश्यक योग्यता तथा अनुभव :- 
– मानवीकी तथा सामाजिक संकाय, व्यवस्थापन, कानून वा सम्वन्धित अन्य विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी ५ वर्षको विकास सम्बन्धी कार्यानुभव, कम्तीमा २ बर्ष अधिकृत वा सो भन्दा माथिको पदमा रहि कार्य गरेको अनुभव, सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गरेको स्थानीयलाई प्राथमिकता दिईनेछ ।
– सम्वन्धित सरोकारवालाहरुसंग राम्रो समन्वय गर्न सक्ने, तालिममा सहजीकरण गर्ने शीप,MS Word, Excel, Power point को दक्षता भएको साथै इमेल, इन्टरनेट चलाउन सक्ने, स्थानीय भाषा बुझ्ने र बुझाउन सक्ने हुनुका साथै नेपाली तथा अंग्रेजी भाषामा प्रतिवेदन लेख्ने सीप भएको ।
२. पद :- सूचना केन्द्र परामर्शकर्ता (२ जना कम्तिमा एक जना महिला)
♦ आवश्यक योग्यता तथा अनुभव :- 
– न्यूनतम प्रविणता प्रमाणपत्र तह वा १०+२ उत्तिर्ण गरी परामर्श कार्यमा वा सामाजिक परिचालनको क्षेत्रमा कम्ती ३ वर्षको कार्यानुभव, सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गरेको तथा जिल्लामा चलनचल्तिको स्थानीय भाषा जानेकोलाई प्राथमिकता दिईनेछ । क
– सम्वन्धित सरोकारवालाहरुसंग राम्रो समन्वय गर्न सक्ने, सही सूचना तथा परामर्श सेवा प्रदान गर्न सक्ने साथै नेपाली तथा स्थानीय भाषामा मौखिक तथा लिखित रुपमा राम्रो ज्ञान भएको ।
३. पद :- मनोसामाजिक परामर्शकर्ता (प्रत्येक स्थानीय तहमा एकएक जना गरी ४ जना)
♦ आवश्यक योग्यता तथा अनुभव :- 
– न्यूनतम प्रविणता प्रमाणपत्र तह वा १०+२ उत्तिर्ण गरी मनोसामाजिक परामर्श कार्यमा २ वर्षको कार्यानुभव वा सो सम्वन्धी आधारभूत तालिम लिएको वा परामर्श सम्वन्धी १ वर्षको अनुभव रहेको र, सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गरेकोलाई प्राथमिकता दिईनेछ । परियोजना लागु हुने प्रत्येक स्थानीय तहबाट एक/एक जना रहने गरी सम्बन्धीत तहकोस्थानीय बासिन्दा हुनु पर्ने छ साथै महिलालाई प्राथमिकता दिईनेछ ।
– सामाजिक परिचालनको काममा गर्न सक्ने, बैदेशिक रोजगार सम्बन्धि सही सूचना प्रदान गर्न सक्ने साथै नेपाली तथा स्थानीय भाषामा मौखिक तथा लिखित रुपमा राम्रो ज्ञान भएकोे, आदी ।
४. पद :- बित्तिय साक्षरता सहजकर्ता,(प्रत्येक स्थानीय तहमा एक जना गरी जम्मा ४ जना)
– न्यूनतम प्रविणता प्रमाण पत्र तह वा १०+२ उत्तिर्ण, वित्तिय संस्था, सहकारी, उद्यमशिलता विकास तथा सामाजिक परिचालनको क्षेत्रमा कम्तिमा २ बर्षको अनुभव भएको, सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गरेकोलाई प्राथमिकता दिईनेछ ।परियोजना लागु हुने प्रत्येक स्थानीय तहबाट एक÷एक जना रहने गरी स्थानीय बासिन्दा हुनु पर्ने छसाथै महिलालाई प्राथमिकता दिईनेछ ।
– सामाजिक परिचालनको काममा गर्न सक्ने, बैदेशिक रोजगार सम्बन्धि सही सूचना प्रदान गर्न सक्ने साथैनेपाली र स्थानीय स्तरमा बोलिने स्थानीय भाषामा मौखिक तथा लिखित रुपमा राम्रो ज्ञान भएकोे, आदी ।
५. पद :- लेखा तथा प्रशासन अधिकृत, (१ जना)
♦ आवश्यक योग्यता तथा अनुभव 
– व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी सम्वन्धित विषयमा कम्तीमा ३ वर्षको कार्यानुभव ।
– नेपाल सरकारको लेखा प्रणालीमा काम गरेको अनुभव ।

६. पद :- रिटर्नी स्वयंसेवक, (प्रत्येक स्थानीय तहमा तीन जना गरी जम्मा १२ जना)
 न्यूनतम् कक्षा ८ कक्षा पास गरी वैदेशिक रोजगार (खाडी मुलुक र मलेसिया)मा गई कम्तीमा १ वर्ष वा सो भन्दा माथी काम गरेको अनुभव भएको, सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गरेकोलाई प्राथमिकता दिईनेछ।
कार्य अवधिः हाललाई १५ जुलाई २०२० सम्म, कार्यक्रमको आवश्यकता तथा कार्य सम्पादन अनुसार नवीकरण हुन सक्ने । आवेदकहरुको उमेरको हद भने नेपालको प्रचलित कानुन अनुसारको हुनेछ ।
तलव तथा अन्य सुविधा :- कार्यक्रमको नियमानुसार
आवश्यक कागजातहरु :- माथि उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले नेपाली नागरिकताको फोटोकपी, कम्तीमा पनि २ जना सन्दर्भ व्यक्तिहरुको नाम र सम्पर्क फोन नम्वर सहितको ब्यक्तिगत विवरण तथा शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपीसहितआफुले आवेदन गर्न चाहेको पद र स्थानीय तह प्रष्ट रुपमा खुलाई सम्बन्धीत स्थानीय तहमा पेश गर्नु पर्नेछ । समय भन्दा पछि आएका आवेदनहरुको मूल्यांकन गरिने छैन ।
छनौट प्रक्रिया
प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतीकरणको प्रक्रियामा समावेश गरिने छ । सम्बन्धीत स्थानीय तहको निर्णय नै अन्तिम निर्णय हुनेछ । अवसरबाट बञ्चितिकरणमा परेका समुदायहरु खासगरी, महिला, दलित, जनजाती, मधेशी तथा अल्पसंख्यक वर्गका उम्मेदवारहरुको समावेशीकरणको लागि सकारात्मक विभेदको प्रक्रृया अवलम्बन गरिनेछ ।
दरखास्त दिने अन्तिम मिति :- यो सूचना प्रकासित भएको मितीले पन्ध्र दिन(भाद्र २७गते को ५ः०० बजे ) भित्र ।
विस्तृत जानकारीको लागि सम्पर्क ठेगाना :-
क. निलकण्ठ नगरपालिकाको कार्यालय, धादिङबेसी, धादिङ
ख. धुनीबेसी नगरपालिका खानीखोला, धादिङ
ग. थाक्रे गाऊँपालिकाको कार्यालय, धादिङ
घ. गंगाजमुना गाउँ पालिकाको कार्यालय, धादिङ

प्रतिकृया लेख्नुहोस्: