झुट्टो विवरण पेश गराई धादिङमा भारतीयलाई नागरिकता दिन खोज्ने पक्राउ
भाद्र ५ गते, २०७६ - १४ः१५ मा प्रकाशित
धादिङ ५ भाद्र । धादिङमा झुट्टो विवतरण बुझाए नागरिकता लिन खोज्ने दुई जना पक्राउ परेका छन् ।बेनिघाट रोराङ गाउँपालिका काुद्धिबहादुर प्रजा र अर्का एकजना झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका छन्। बुद्धिबहादुर प्रजाले आफ्नो सहोदर भाइ बनाएर अर्कै व्यक्तिलाई प्रेम बहादुर प्रजाको नाममा नागरिकता दिलाएको आरोपमा जिल्ला प्रहरी कार्यलय धादिङले उनीहरुलाई पक्राउ गरेको हो। बुद्धिबहादुरसँगै पक्राउ परेका अर्का व्यक्तिको वास्तविक ठेगाना खुल्न सकेको छैन। प्रक्राउ परेका अर्का एक व्यक्ति नेपाली हो की भारतीय हो भन्ने कुरा अनसन्धान भईरहेको छ । चितवन भनिएपनि उनको लबज र अन्य कुरा हेर्दा भारतीय हुन सक्ने आशंका गरिएको छ ।पक्राउ परेकाबाट नागरिकता र कागजात किर्ते सम्बन्धी मुद्धामा अनुसन्धान सुरु गरिएको र यस घटनासँग जोडिएका सबै पक्षलाई अनुसन्धानको दायरामा ल्याइने प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले जानकारी दिनुभयो ।