नेपाल फोटो पत्रकार संघ धादिङको अध्यक्षमा दुवाडी,प्रदेश ३ को अध्यक्ष नारायण सिलवाल
भाद्र ३ गते, २०७६ - ०३ः०६ मा प्रकाशित
धादिङ २ भाद्र । नेपाल फोटो पत्रकार संघ धादिङको अध्यक्षमा मनिष दुवाडी निर्वाचित हुनुभएको छ । १ सय ८० औँ विश्व फोटोग्राफी दिवसको अवसरमा सम्पन्न भएको दोस्रो अधिवेशनले अन्नपुर्णपोष्ट दैनिकका दुवाडीलाई अध्यक्षतामा सर्बसहमतिमा अध्यक्षमा निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिव सरिता श्रेष्ठ, सह– सचिव गोमा थापा र कोषध्यक्षमा रामकुमार थापा निर्वाचित हुनुभएको छ । यस्तै निर्वाचित सदस्यहरुमा सदस्यहरुमा विपिन मल्ल, सुशिला विश्वकर्मा, सुशिल थापा, विष्णु कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । नेपाल फोटो पत्रकार संघ धादिङमा ४३ जना सदस्य रहेका छन् । यसैबीच फोटो पत्रकार समुह ३ नम्बर प्रदेशको अध्यक्षतमा नारायण सिलवाल निर्वाचित हुनुभएको छ ।सोमबार धादिङबेसीमा सम्पन्न भएको भेलाले नारायण सिलवाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।३ नम्बर प्रदेश समितिको उपाध्यक्षमा सुदिप सिवाकोटी, सचिवमा राजन अधिकारी र कोषध्यक्षमा लोकेश लिम्बु सदस्यहरुमा कपिल खड्का, राजेन्द्र आचार्य, राजेन्द्र गजुरेल चयन हुनुभएको छ । अधिवेशनले हरिहर सिंह राठौर र गिरिजा अधिकारीलाई सल्लाहकारमा चयन गरेको छ ।