जेष्ठ ११ गते, २०८३ - २१ः५८
Follow us:

रक्सि खाएर होहल्ला गर्ने ३ जना रायोटारबाट पक्राउ


धादिङ २२ साउन ।

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराती ११ बजे नीलकण्ठ नगरपालिका वडा नम्बर ४ रायोटारमा मादक पदार्थ सेवन गर होहल्ला गर्ने र स्थानीयलाई त्रसित बनाउन ३ जनालाई प्रहरी पक्राउ गरेर मुद्धा चलाएको छ । पक्राउ पर्नेमा ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ का आरेमन तामाङ,खनियावास गाउँपालका वडा नम्बर १ बस्ने सुन्दर लामा र सोहि स्थान बस्ने ईसाक तामाङ रहेका छन् । उनीहरुलाई अभद्र व्यवहार शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्: