कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, पानीको बहाव घट्दै
आषाढ़ २९ गते, २०७६ - १३ः३९ मा प्रकाशित
काठमाण्डौ २९ असार ।
सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ। आइतबार बिहानको मापनअनुसार २ लाख ९० हजार ३४० क्युसेक पानीको बहाव छ। शनिबार राति ३ लाख ७१ हजार एक सय १० क्यूसेकसम्म पानी पुगेपछि सबै ५६ वटै ढोका खोलिएको ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।
अहिले पनि ब्यारेजका ५६ ढोका खुला छन्। पानीको सहज निकास भएपछि पानीको
बहाव कम भएको हो। कोशी ब्यारेजमै दबाब पुगेपछि सबै ढोका खोलिएको थियो।