जेष्ठ ११ गते, २०८३ - ०४ः४४
Follow us:

रोटरी क्लब अफ धादिङको अध्यक्षमा अशोक कुमार बस्नेत


धादिङबेसी २२ असार ।
रोटरी क्लब अफ धादिङको अध्यक्षमा अशोक कुमार बस्नेत चयन हुनुभएका छन् । रोटरी क्लब अफ धादिङको चौथो बार्षिक अधिवेशनबाट एक बर्षे कार्याकालको लागि बस्नेत अध्यक्ष हुनुभएको हो । मानविय सहयोगमा काम गर्दै आईरहेको रोटरी क्लब धादिङमा २४ जना सदस्य रहेका छन् । रोटरी क्लब अफ धादिङको सचिव मा रोहित भण्डारी र कोषाध्यक्षमा संजय अधिकारी चयन हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् रोटरीको रिजन–२ तथा जोन–५ को असिस्टेन्ट गभर्नर उत्तम खड्काले अध्यक्ष वस्नेतलाई एकवर्षे कार्यकालका लागि सपथ खुवाउनु भएको थियो ।
निवर्तमान अध्यक्ष गोविन्द बुढाथोकीले आफ्नो कार्याकालमा सम्पन्न भएको क्रियाकलापको समिक्षा गर्नुभएको थियो । बुढाथोकी अध्यक्ष भएको समयमा दुई वटा विद्यालय भवनका लागि १५–१५ लाख प्रदान गरिनुका साथै जिल्लामा विभिन्न सामाजिक कार्याहरु सम्पन्न भएका थिए । अध्यक्ष पदमा चयन हुनुभएका अशोक कुमार बस्नेतले आफ्नो कार्याकालयमा मानविय सहयोग र विकासको लागि प्रतिबद्ध भएर काम गर्ने बताउनु भएको थियो ।

प्रतिकृया लेख्नुहोस्: