आश्विन ५ गते, २०८३ - २०ः२६
Follow us:

धादिङबेसीमा पत्रकारिता तालिम सुरु

धादिङ १९ असार ।

आम संचार माध्यममा आदिबासी जनजातिका सवाल विषयक ३ दिने पत्रकारिता तालिम आजबाट धादिङबेसीमा सुरु भएको छ । नीलकण्ठ नगरपालिकाको सहयोगमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज जिल्ला शाखा धादिङले तालिमको आयोजना गरेको हो । तालिममा जिल्लाका आमसंचार माध्ययममा कार्यरत ३० जना पत्रकार सहभागी छन् । तालिममा नेपाल आदिबासी जनजाती महासंघ संघीय समितिका कोषाध्यक्षअमरध्वर लामा, अग्रज पत्रकार राजेन्द्र प्रताप शाह, राजाराम शर्मा, दिपक कोइराला, सानुबाबु तिमिल्सिना प्रशिक्षक छन् । तालिममा समाचार रिपोर्टिङ, फिचर न्युज लेखन, रेडियो कार्यक्रम उत्पादन र विकास पत्रकारिताको विषयमा छलफल गराइने फोनिज धादिङका अध्यक्ष शंकर श्रेष्ठले जानकारी दिए । तालिम उद्घाटन कार्यक्रममा शुभकामा मन्तव्य राख्दै नेपाल आदिवासी जनजाति महासंघ धादिङका बरिष्ठ उपाध्यक्ष चन्द्र बरामले जिल्लाका आदिबासी जनजातीको मौलिक परम्परा र भाषा सस्कृति संरक्षणमा पत्रकारले संचार माध्यम मार्फत जागरुक गराइदिनुपर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका उपाध्यक्ष गायत्री खतिवडा, नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारी, नेपाल आदिबासी जनजाति महिला महासंघका कोषाध्यक्ष अनिता तामाङ लगायतले तालिम सफलताको शुभकामना दिएका थिए । तालिमको पहिलो दिन आज आदिबासी जनजातिका मुद्दाहरुका विषयमा समाचार रिपोर्टिङ र सकारात्मक सोचका विषयमा छलफल भएको फोनिज ३ नं. प्रदेश सदस्य लक्ष्मी शाक्यले जानकारी दिनुभयो ।

प्रतिकृया लेख्नुहोस्: