जेष्ठ १६ गते, २०८३ - १८ः०३
Follow us:

विद्यार्थीलाई एड्भान्सको दही-चिउरा


धादिङबेसी १५ असार ।
असार पन्ध्र अर्थात दहि चिउरा खाने दिनको अवसरमा आईतबार एड्भान्स एकेडेमीले विद्यार्थीहरुलाई दहि चिउरा खुवाएर असार पन्ध्र मनाएको छ । नेपाली संस्कृतिलाई जगेर्ना गर्ने र विद्यार्थीहरुलाई यसको महत्व बुझाउनको लागि दहि चिउरा खुवाईएको प्रिन्सिपल गोविन्द बुढाथोकीले बताउनुभयो ।
विद्यालयमा अध्ययनरत ८ सय ५० भन्दा बढी विद्यार्थीलाई दहि चिउरा खुवाई असार १५ मनाईएको हो । विद्यार्थीहरुलाई असार पन्ध्रको महत्व र कृषि प्रधान देशमा कृषिको महत्व बुझाउनको लागि विद्यालयले दहि चिउरा खाने कार्यक्रम राखेको विद्यालयका एसोसिएट प्रिन्सिपल भिम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया लेख्नुहोस्: