जेष्ठ १२ गते, २०८३ - ११ः५२
Follow us:

नेत्रावतीको समेजोङ स्वास्थ्य चौकीमा सामाजिक परीक्षण सम्पन्न


धादिङ १४ असार ।
धादिङको नेत्रावती गाउँपालिका वडा नम्बर ३ सेमजोङमा शुक्रबार सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । नेत्रावती डबजोङ गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र धादिङ सन्चार प्रा.लीको संयोजनमा सम्पन्न भएको सामाजिक परीक्षण कार्यक्रममा स्वास्थ्य चौकीबाट प्रवाह भएको सेवा र गुणस्तरको विषयमा छलफल भएको थियो ।
स्वास्थ्य चौकी व्यावस्थापन समितिका अध्यक्ष एवंम वडा नम्बर ३ का अध्यक्ष बिजय पाख्रीन(तामाङ)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेत्रावती डबजोङ गाउपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिकाका स्वास्थ्य संयोजक तथा सुचना अधिकारी कृष्ण बहादुर पौड्याल,स्वास्थ्य चौकी ईञ्चार्ज सरोज पट्टेल,प्रहरी चौकी ईञ्चार्ज पशुराम सापकोटा,गैरा सामुदायिक स्वास्य ईकाई कल्पना लामा तामाङको आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शााक्यले स्वास्थ्य चौकीमा औषधी अभाव हुन नदिने भन्दै उहाँले गाउँपालिकाले त्यसको लागि बजेट छुट्याई सकेको बताउनुभयो । स्वास्थ्य क्षेत्रका गुणात्मक सेवा प्रवाह गर्नको लागि आर्थिक बर्ष २०७६÷०७७ मा अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि बजेट बिनियोजित गरेको बताउनुभयो । साथै उहाँले ल्याबसेवाका लागि पहल गरि गुणस्तर सुधार गर्ने प्रतवद्धता व्यक्त गर्नुभयो । यस बर्षदेखीनै कटुञ्जे स्वास्थ्य चौकीमा ल्याब सेवा सन्चालन गर्न लागिएको भन्दै उहाँले आगामी बर्षहरुमा पनि आवश्कयताको आधारमा अन्य स्थानमा पनि सेवा सन्चालन गर्न सकिने बताउनुभयो । यसैगरी वडा नम्बर ३ का अध्यक्ष बिजय पाख्रीन तामाङले स्वास्थ्य चौकीको विकास गर्नको लागि आफु प्रतिबद्ध रहेको समेत बताउनुभयो । यसैगरी स्वास्थ्य संयोजक कृष्ण बद्री पौड्यालले गाउपालिका क्षेत्रका सबै स्वास्थ्य चौकीमा प्योगशाला स्थापना गर्ने, पालिका स्तरमा भ्याक्सिन स्टोर गर्ने सब सेन्टर स्थापना गर्ने, गाउपालिकामा एम्बुलेन्स सेवा संचालन गर्ने लगायतको काम गर्ने लक्ष्य रहेको बताउनुभयो ।प्रसुति कुरुवा घर बनाई घरमा हुने सुत्केरी सुन्य बनाउन योजना बनाईने पनि पौड्यालले बताउनुभयो । सहजकर्ता रामकुमार थापाले समुदाय स्तरमा गरिएको छलफलमा आएका समस्याहरु प्रस्तुत गर्नुभएको थियो ।

प्रतिकृया लेख्नुहोस्: