बैशाख ३ गते, २०८३ - २२ः३१
Follow us:

मासु किन्दा हातखाली नजाने बम्बर उपहार,ल्यापटप देखी मोटरसाईकल सम्म


धादिङ ३२ जेठ ।
धादिङबेसी पुछारबजारमा रहेको सुलभ मासु पसलले मासु किन्न आउने ग्राहहरु लक्षित गरी विभिन्न बम्पर उपहार योजना ल्याएको छ । तीन महिना सम्ममा पाँच हजारको मासु किन्नेहरुले मात्र उक्त बम्पर उपहार योजनामा भाग लिन पाउने छन् । एउटै पसलमा कुखुरा,खसी,राँगा,माछा,बंगुर सम्मको सबै मासु पाईने छ । सबै मासुहरु राख्ने स्थान फरक फरक छ भने काट्ने र जोख्ने काँटा सम्म सबै फरक रहेका छन् । मासु पसल सन्चालनमा आएको २ महिना पुगेको अवसरमा शनिवार नतिजा सार्वजनिक गरीएको छ । मासु किन्ने प्रत्येक ग्राहकको छुट्टै पास बुकको व्यावस्था गरीएको छ । शनिवार सम्पन्न भएको नतिजा प्रकाशसनमा प्रथम हुनेले एचपीको ल्यापटप जित्नुभएको छ।धादिङबेसी पुछार बजामा रहेको हाम्रो खाजा घरलेले प्रथम पुरस्कार ल्यापटप जित्नुभएको छ । यसैगरी दोस्रो स्थान हासिल गर्ने नमुना होटलले फ्रिज जित्नुभएको छ । तृतीय स्थान हासिल गर्दै शंकर अधिकारीले २२ ईन्जको एलईडीे टिभि र चौथो स्थान हासिल गर्दै गोर्खाली होटलले ग्यास सहितको चुल्हो जित्नु भएको छ । शनिवार नै भएको नतिजा प्रकाशनमा एक जनालाई डिस होम,१ जनालाई राईसकुकुर,एक जनालाई पेसर कुकर,३ जनालाई ईलिक्ट्री जग,५ जनालाई कप सेट र ७ जनालाई चार्जर लाईट वितरण गरीएको छ ।
उक्त सुलभ मासु पसलबाट होम डेलिभरीको व्यावस्था समेत गरीएको छ ।अब अर्को नतीजा भदौ अन्तिममा खोलिने व्यावस्थापक सुमन श्रेष्ठले जानकारी दिनुभयो ।यसैगरी बार्षिक बम्पर उपहारमा मोटरसाईकल र स्कुटीको समेत व्यावस्था गरीएको छ ।बर्षमा एक पटक खुलाईने उक्त नतिजा प्रकाशनमा एक एक जनाले मोटरसाईकल र स्कुटी जित्नेछन् ।

प्रतिकृया लेख्नुहोस्: