दार्खामा मनोसामाजिक समस्या विषय अभिमुखीकरण तालिम सम्पन्न
जेष्ठ २९ गते, २०७६ - ०३ः३८ मा प्रकाशित
धादिङ २८ जेठ ।
धादिङको खनियाबास गाउँपालिका स्थित दार्खामा २ दिने मनोसामाजिक समस्या सम्बन्धी अभिमुखीकरण तथा कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।खनियाबास गाउँपालिकाको आयोजना र उत्थान नेपाल धादिङको प्राविधिक सहयोगमा सोमबारबाट सुरु भएको तालिम मंगलबार सकिएको हो। दुई दिन सम्म सन्चालन भएको तालिममा खनियाबास गाउँपालिका भित्रका २३ जनाको सहभागिता रहेको थियो ।तालिममा साबिकको दार्खा,झार्लाङ र सत्यदेवीका स्वास्थ्य चौकी ईञ्चार्ज, स्वास्थ्य स्वयमसेविका र शिक्षक,शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
तालिममा उत्थान नेपाल धादिङका कार्यकारी निर्देशक पदिम्न मुडभरी(बिजय)ले उत्थान नेपाले सन्चालन गरेको गतिविधि,आगामी योजनाको साथै मनोपरामर्शकर्तामा हुनुपर्ने गुणहरु र मानसिक स्वास्थ्यको विषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो।यसैगरी प्रशिक्षक तथा मनोपरामर्शकर्ता रामकुमार थापाले मनोसामाजिक समस्या भनेको के हो?मनोसामाजिक समस्या हुनुको कारण, समस्या व्यक्त गर्ने भावना,सन्चारको प्रकार र प्रश्न सोध्ने तरिकाको विषयमा जानकारी गराउनु भएको थियो । जिल्लामा मानसिक स्वास्थ्यमा काम गर्ने उत्थान नेपाल पहिलो गैर सरकारी संस्था हो । जिल्ला भित्रका मानसिक रोगीहरुको सेवामा काम गर्नको लागि उत्थान नेपाल धादिङले धादिङबेसीमा परामर्श केन्द्र समेत सन्चालनमा ल्याएको छ ।