बैशाख ३ गते, २०८३ - ०९ः२१
Follow us:

एड्भान्स एकेडेमीमा अभिभावक शिक्षण सिकाई सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धादिङबेसी २५ जेठ ।



बालवालिकाको पहिलो पाठशाला भनेको घर हो । घरमा कस्तो संस्कार छ त्यस्तै संस्कार बालबालिकाले सिक्ने गर्छन । अझै भनौ अभिभावकका ऐना हुन् बालबालिकाहरु । घरमा जस्तो वातावरणमा हुर्किएका छन् उनीहरुको व्यावहार पनि त्यस्तै हुन्छ । त्यसैले बालबालिकाहरु विद्यालयमा भन्दा घरमानै बढी सिक्छन् । बालबालिकाहरुलाई घरमानै राम्रो संस्कार चाहिन्छ । त्यसै अनुरुप धादिङको एड्भान्स एकेडेमीले अभिभावकहरुलाई शिक्षण सिकाई र अभिभावकको जिम्मेवारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयमा मात्रै सिकाएर हुदैन बालबालिकाहरुलाई घरमानै धेरै कुरा सिक्ने भएको हुँदा यस्तो प्रकारको कार्यक्रमको आयोजना गरीएको शिक्षक रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । गुणस्तर शिक्षा प्रदान गर्ने योजना अनुरुप अभिभावकहरुलाई यस्तो प्रकारको अभिमुखीकरण सन्चालन गरीएको श्रेष्ठले जानकारी दिनुभयो ।अभिभावकहरुले भनेको कुरा मान्दा आफ्नो बच्चा राम्रो हुने र नमान्दा खराब भन्ने अभिभावको सोच भएकै कारण समस्या हुने गरेको कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रमका प्रमुख प्रशिक्षक राजेन्द्र दाहालले आफ्नो बच्चाको मनोविज्ञान बुझ्नको लागि आग्रह गर्नुभएको थियो ।

बालबालिका के गर्न चाहन्छन् ? के कुरा बढी मनपराउछन र के सोचिरहेका छन् भन्ने कुरामा अभिभावकहरुले जान्नुपर्ने बताउनु भएको थियो । आफ्नो बालबालिकासँग जति घुलमिल भयो त्यतीनै सिकाउन सजिलो हुने भन्दै उहाँले बच्चासँग साथिको जस्तो व्यवहार गर्नको लागि आग्रह गर्नुभयो । अर्का प्रशिक्षक प्रतिमा लामाले सहभागीहरुलाई अभिभावकले खेल्नुपर्ने भुमिका र विद्यालयको वातावरणको विषयमा जानकारी गराउनु भएको थियो । एड्भान्स एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले विभिन्न सचेतनामुलक कार्यक्रमहरु अभिभावकहरुको लागि सन्चालन गर्दै आईरहेको छ । फोटो सौजन्यःएड्भान्स एकेडेमी

प्रतिकृया लेख्नुहोस्: