जेष्ठ ११ गते, २०८३ - २१ः५६
Follow us:

बर्तमान सरकार आफ्नै कारणले असफल हुन्छः पौडेल


धादिङ २५ जेठ ।
वर्तमान सरकार अस्थिरता तीर बढीरहेको नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले बताउनु भएको छ । बहुमत प्राप्त सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै उहाँले वर्तमान सरकारको कामले गर्दा जनतामा नैराश्यता बढेको बताउनु भएको छ ।नेपाली कांग्रेसले सन्चालन गरेको एक महिने राष्ट्रिय जागरण अभियानको समापन समारोहमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।राष्ट्रिय जागरण कार्यक्रमको लागि एक महिनादेखि धादिङमा रहनुभएका केन्द्रिय प्रतिनिधि प्रदिप पौडेलले कम्युनिष्टको सरकार आफ्नै कारणले कमजोर भएको दावी गर्नुभयो ।

कार्यक्रममा पूर्वराज्यमन्त्री एंव काँग्रेस नेता दिलमान पाख्रिन,पूर्व सांसद एंव धादिङ काँग्रेसका पुर्व सभापति रामनाथ अधिकारी,नीलकण्ठ नगरपालिकाका मेयर तथा नेपाली कांग्रेसका नेता भिम प्रसाद ढुंगानाले तरुणदलको उपाध्यक्ष राधाकृष्ण भण्डारीलाई गिरफ्तार गरि झुटा मुद्दा लगाएकोमा उहाँले आपत्ती जनाउनुभयो । धादिङमा एक सय चार वडामा वडाभेला , १३ वटा पालिकामा पालिका स्तरीय र दुई निर्वाचन क्षेत्रमा क्षेत्रिय स्तरको भेला सम्पन्न गरेपछि काँग्रेसले जिल्ला स्तरीय आमसभा आयोजना गरेको हो । सिरानबजारबाट सुरु भएको र्याली पुछारबजारमा आएर कोण सभामा परिणत भएको थियो ।

प्रतिकृया लेख्नुहोस्: