जेष्ठ ११ गते, २०८३ - ०५ः०३
Follow us:

धादिङका पत्रकारहरु भोली बिचबजार चोकमा सन्चार साधनसहित उपस्थित हुदै


धादिङ २ जेष्ठ ।
धादिङका पत्रकारहरुलाई भोली जेठ ३ गते सन्चार साधन सहित बिच बजारमा चोकमा उपस्थित हुन नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आग्रह गरेको छ । संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक पुनः मस्यौदा गर्नुपर्ने माग गर्दै आन्दोलित नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले केन्द्रिको सर्कुलर अनुसार भोली बिरोध प्रर्दशन गर्न लागेको हो ।

सरकारले ल्याएको विधेयकका प्रावधानले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघले निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो । केन्द्रिय कार्यक्रम अन्तरग भोली जिल्ला शाखा धादिङले पनि बिचबजार चोकमा विरोध गर्न लागेको हो र
पहिलो चरणको आन्दोलनका क्रममा भोलि बिहान ८ बजे बिचबजार चोकमा सञ्चार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया लेख्नुहोस्: