मंसिर ८ गते, २०८३ - २०ः१८
Follow us:

धुवाँकोटमा पुस्ताकालय स्थापना गर्न बेलायतमा च्यारिटी कार्यक्रम गरीदै

धादिङ ३० बैशाख ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ मा रहेको एक विद्यालयमा पुस्तकालय स्थापना गर्नको लागि बेलायतमा च्यारिटी कर्याक्रम हुने भएको छ । तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थाथापना गर्नको लागि आज च्यारिटी कार्यक्रम गर्न लागिएको हो । नेप्लिज सेफ एशोसिएसन युकेको आयोजनामा मिडल्याण्डमा च्यारिटी कार्यक्रमको आयोजना गरिएको एशोसिएसनका संस्थापक अध्यक्ष कृष्ण तिमल्सिनाले जानकारी दिनुभयो।

धुवाँकोट क्षेत्रको लोकप्रिय मानिने विद्यालयको पठन पाठन थप स्तरीय बनाउनुका साथै विद्यार्थीको पठन संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ पुस्तकालय स्थापनाको पहल थालिएको हो । भवन समेत बनिसकेर पनि रकम अभावले पुस्तकालय त्यसै अलपत्र रहेको पाइएपछि एशोसिएसनका संस्थापक अध्यक्ष तथा समाजसेवी तिमल्सिनाको पहलमा च्यारिटी कार्यक्रमको आयोजना गरिएको हो ।

पुस्तकालयलाई करीब १० लाखको हाराहारीमा सहयोग गर्ने लक्ष्य लिइएको छ । जुन रकम पुस्तक खरिदलगायतका आन्तरिक व्यवस्थापनमा खर्च गरिनेछ । च्यारिटीमो कार्यक्रममा चर्चित कलाकारहरु प्रिति आले, कुलेन्द्र बिक, अर्जुन काफ्ले, दीपाशा जलपरीलगायतको विशेष प्रस्तुती रहने छ ।

प्रतिकृया लेख्नुहोस्: