जेष्ठ १६ गते, २०८३ - १६ः०१
Follow us:

गल्छिलाई मानवअधिकार मैत्री गाउँपालिका बनाईनेःउपाध्यक्ष तिमल्सीना

धादिङ २७ बैशाख ।
गाउँपालिकामा प्रदान गरिएको सेवा प्रवाहमा सुधार गर्ने र आगामी दिनमा मानवअधिकार मैत्री गाउँपालिका बनाईने गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सीनाले प्रतिवद्दता व्यक्त गर्नुभएको छ ।
धादिङको गल्छी गाउँपालिका–८ गल्छीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ३ न.ं प्रदेश कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा ०७६ बैशाख २६ गते शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सेवाग्राही र सेवा प्रदायक बिचको अन्तरक्रिया कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो।
कार्यक्रममा सहभागिहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै आगामी १५ दिनभित्र विद्यालय समायोजना, दरबन्दी मिलान र विद्यालय मर्जर गर्न आफूले गाउँपालिका स्तरमा शिक्षा समितिलाई निर्देशन दिएको बताउनु भएको छ ।
विद्यालयमा किशोर किशोरी शिक्षा प्रदान गर्ने, विद्यालयमाहरुमा मिन्सुरेशन प्याडहरु वितरण गर्नेृ, बालविवाह सम्बन्धी सचेतना जगाइ यसको बेफाइदाबारे जानकारी दिने, कृषि उत्पादनमा जोड दिने, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
गल्छी गाउँपालिका १ नं. वडा अध्यक्ष पूर्णप्रसाद खतिवडाको अध्यक्षमा सम्पन्न कार्यक्रममा मानवअधिकार निगरानी समूह गोगनपानीका अध्यक्ष रामहरी थापा , कल्लेरीका अध्यक्ष चन्द्रबहादुर राइ, अपांग अधिकारकर्मी राजु रेग्मी, कृषक दुर्गाबहादुर थापामगर, शिक्षक कमला अर्याल लगायतले मानवअधिकार मैत्री काम गर्न स्थानीयतहको सरकारसंग माग गर्नुभएको थियो ,
यसैगरि गल्छी गाउँपलिकाका चारबाल अधिकार चेतना समूहलाई इन्सेकको तर्फबाट उपलब्ध गराइएको रकमबाट खरिद गरिएको खेलकुदको सामाग्री वितरण गरिएको छ ।भलिबल, फुटबल, चेस, ब्याडमिन्टन, स्पीकिङ, लगायतका सामाग्री गल्छी गाउँपलिका उपाध्यक्ष राधा तिमल्सीनाले बितरण गर्नुभएको हो ।

प्रतिकृया लेख्नुहोस्: