आश्विन ६ गते, २०८३ - ०९ः३५
Follow us:

अस्पतालमा रहेको महँगो मेसिन सस्तोसँग सुटुक्क साटियो

वीरगञ्ज – नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन गुपचुप साटिएको खुलासा भएको छ । -करिब २ वर्षअगाडि अस्पतालले झन्डै २२ लाख पर्ने मेगलमी ८०० मोडलको किलिया मेसिन खरिद गरेको थियो । थाइराइड, क्यान्सर, बाँझोपनलगायत विभिन्न हार्मोन परीक्षण गर्ने किलिया मेसिन करिब २५ दिन अगाडि साटिएको प्रयोगशालाका कर्मचारीले दाबी गरेका छन् । 

महँगो मेसिन साटेर करिब ४ लाख ५० हजार पर्ने चीनमा बनेको जिसेन सीआईए ६०० किलिया एनालाइजर प्रयोगशालामा राखिएको छ । अस्पताल स्रोतका अनुसार पुरानो किलिया मेसिन सप्लायर्सले काठमाडौँको एक ल्याबमा बिक्री गरिसकेको छ ।कान्तिपुर दैनीकबाट

प्रतिकृया लेख्नुहोस्: