आश्विन ५ गते, २०८३ - १०ः३१
Follow us:

उत्तरी धादिङका नागरिकले ४६ नाल भरुवा बन्दुक प्रहरीलाई बुझाए


धादिङ २ बैशाख ।
प्रहरीले उत्तरी धादिङको विभिन्न गाउँपालिकाबाट संकलन गरेको ४६ नाल भरुवा बन्दुक सोमबार सार्वजनिक गरेको छ । उत्तरी धादिङको गँगा जमुना गाउँपालिका, रुबीभ्याली गाउँपालिका र खनियाबास गाउँपालिबाट संकलन गरीएको अबैध हतियार सोमबार पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको हो ।
मन्त्रिपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय धादिङले ३५ दिने म्याद राखेर सुचना प्रकाशित गरेपछि स्थानीयहरुले ४६ थाल भरुवा बन्दुक प्रहरीलाई बुझाएका हुन् । अबैध रुपमा रहेका हतियारहरु बुझाउन प्रहरीले अनुरोध सँगै अभियान नै सन्चालन गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्: