जेष्ठ ११ गते, २०८३ - ०५ः०३
Follow us:

एकलाख विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरिने



काठमाण्डौं २६ चैत्र
सरकारले आर्थिक अवस्था कमजोर भएका एकलाख विपन्न परिवारलाई चालु आर्थिक वर्षमा निःशुल्क विद्युत मिटर वितरण गरि जडान गर्ने काम सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा ४० करोड रुपैयाँ बिनियोजन गरेपछि त्यसको कार्यान्वयन स्वरुप विपन्न परिवारलाई निःशुल्क मिटर बितरण सुरु भएको हो । विद्युत् सेवा पुगेका जिल्लामा विपन्न नागकिरले अझैपनि विद्युत् सेवा लिन नसकेको र विद्युत् चोरी गर्ने प्रवृत्ति बढिरहेकाले त्यसलाई रोक्न यो कार्यक्रम ल्याइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्: