टोकियो, २४असार । गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उनि माथि गोली प्रहार भएको थियो ।
नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उनको निधन भएको सञ्चार माध्यमले जनाएका छन् । यसै बीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।
६७ वर्षीय आबेले आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गरिरहेका बेला गोली प्रहार भएको थियो ।
लामो समयसम्म प्रधानमन्त्री भएका र अहिलेको सत्तारूढ दलमा पनि बलियो प्रभाव भएका आबेमाथि गोली प्रहार भएको घटनाले विश्वको ध्यानाकर्षण गरेको छ ।