श्रावण २७ गते, २०७९ - १७ः५३
Follow us:

बलात्कार आरोपमा एकीकृत समाजवादी धादिङका जिल्ला सदस्य पक्राउ

२४ असार, काठमाडौं ।   नीलकण्ठ नगरपालिका–१४, धादिङका ३२ वर्षीय टिकाराम नेपाली  बलात्कार आरोपमा पक्राउ परेका छन् । नेपाली  नेकपा एकीकृत समाजवादी पार्टीका धादिङ जिल्ला कमिटी सदस्य हुन् ।

उनलाई बिहीबार साँझ साढे ५ बजेतिर ठमेलको होटल एक्सेसबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

नेपालीमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको बताइएको छ । पीडित नेपालीका पूर्वप्रेमिका रहेको प्रहरीले जनाएको छ ।

उनले ती युवतीको अश्लिल तस्वीर  परिवारका सदस्यलाई पठाइदिने भन्दै धम्क्याएर   बलात्कार गरेको आरोप छ ।

 

प्रतिकृया लेख्नुहोस्: