आषाढ़ १२ गते, २०८३ - ०१ः०७
Follow us:

फेरि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

धादिङ, २१ असार । मंगलबार सुन-चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको   तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको हो।  मंगलबार  सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार   सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, अघिल्लो दिन  प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको  चादीँ आज  प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।   चाँदी आज प्रतितोला ५ रुपैयाँ बढेको हो।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया लेख्नुहोस्: