यि हुन् धादिङका माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु
आषाढ़ २० गते, २०७९ - १९ः०० मा प्रकाशित
धादिङ, २० असार । नेकपा माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्य, ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य र प्रदेशबाट आमन्त्रित ८ केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । यसै क्रममा धादिङबाट केन्द्रीय सदस्य हुनेको संख्या ७ पुगेको छ ।
केन्द्रिय सदस्यमा पुस्प विक्रम मल्ल, शालिकराम जमरकट्टेल, कल्पना धमाला, रामबहादुर भण्डारी, जगत सिंखडा, दिपा सिंखडा र ओम शर्मा रहेका छन् ।
माओवादीले निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासन आयोगमा सचिव र सदस्यहरुको नाम पनि टुंग्याएको छ । जसमा अनुशासन आयोगमा मोहन कार्की रहेका छन् । कार्की धादिङकै हुन् ।