धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । लगातार ओरालो लागेको नेप्से परिसूचक केही थामिएको जस्तो देखिए पनि पुनः ओरालो यात्रामा नै निरन्तर कायम छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ११.८२ अङ्कले ओरालो लागेर एक हजार ९२१.३१ मा ओर्लेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२२ अङ्कले ओरालो लागेर ३७२.६० मा ओर्लेको छ । कूल २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर एक अर्ब पाँच करोड ८२ लाख ४६ हजार ४७२ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये दुईको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ ०.२९ र जीवन बीमा उपसमूह ९६.९ अङ्कले उकालो लाग्यो ।
त्यस्तै, व्यापार १४, होटल तथा पर्यटन १७.९२, विकास बैंक ४३.८३, जलविद्युत् ३६.१३, वित्त २२.०४, निर्जीवन बीमा १०९.९६, उत्पादन ४८.४, अन्य १३.७९, लघुवित्त ३८.७९ सामूहिक लगानी कोष ०.०६ र लगानी १.०६ अङ्कले उकालो लाग्यो ।
मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ३९ अर्ब ३१ करोड पाँच लाख तीन हजार ९९८ बराबर रहेको छ । कारोबारका आधारमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको सात करोड ३१ लाख ३३ हजार २५६ बराबरको कारोबार भयो ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन पाँच करोड ४३ लाख ८७ हजार २६०, नागरिक लगानी कोष पाँच करोड ३४ लाख ५४ हजार ८३७, नेपाल पुनरबीमा कम्पनी रु चार करोड ३७ लाख ८३ हजार र न्यादी ग्रुप पावर रु तीन करोड ५१ लाख ९२ हजार ६४६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार ओरालो लागेको बजारमा सिवासी नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । उन्नति सहकार्य लघुवित्त ७.७४, कृषि विकास बैंक ५.१०, सन्राइज फस्ट म्युचुअल फण्ड ५.०६ र एशियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४.९१ प्रतिशतले कमाए ।
त्यस्तै, लक्ष्मी इक्विटी फण्ड ५.७३, जनरल इन्स्योरेन्स कम्पनी ४.७५, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४.७०, सिंगटी हाइड्रोपावर ४.४५ र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४.४० प्रतिशतले गुमाए ।