बैशाख १९ गते, २०८३ - १५ः१८
Follow us:

बिजुक्छे पत्नी प्रधानको निधन

धादिङ, ८ असार । नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारका क्रममा बुधबार अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिए ।

विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो । उनका दुई पुत्र रहेको गोसाईले जानकारी दिए ।

लामो समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत थिइन् । उनको अन्तिम संस्कार भने विदेशमा रहेका पुत्र नेपाल आइपुगेपछि गरिने बुझिएको छ ।

प्रतिकृया लेख्नुहोस्: