चैत्र ४ गते, २०८१ - ००ः०१
Follow us:

घट्यो सुनको मूल्य

धादिङ, ८ असार । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला  ४०० ले घटेर  ९७ हजार ३०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला   ९७ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९७ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० ले घटेर एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्: