चैत्र १६ गते, २०८० - १४ः५७
Follow us:

कल्लेरी साना किसानको साझेदारीमा बाख्रापालन तालिम सम्पन्न

धादिङ, ८ असार । साना किसान कृषि सहकारी संस्था लि. गल्छी २ ले बाख्रापालन तालिम सम्पन्न गरेको छ । बाख्रा ब्लक विकाश कार्यक्रम अन्तर्गत  असार ६ र ७ गते संस्थाको भवनमा संचालित बाख्रा पालन तथा उपचार तालिम बुधबार सम्पन्न भएको हो ।

तालिम बागमती प्रदेश सरकार कृषि पशुपंक्षी विकाश मन्त्रालय, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङ र कल्लेरी साना किसान कृषि सहकारी संस्था लि. गल्छी २, धादिङको साझेदारीमा संचालन भएको हो ।

उक्त दुई दिने तालिम कार्यक्रमको अध्यक्षता रमेश खतिवडाले गरेका थिए भने  सहजिकरण गल्छी गा.पा. पशु शाखाका प्रमुख विनय भुजेलले गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्: