यी हुन् गजुरी गाउँकार्यपालिकामा विजयी हुने सदस्यहरु
जेष्ठ १८ गते, २०७९ - ०१ः१८ मा प्रकाशित
धादिङ, १७ जेठ । धादिङको गजुरी गाउँकार्यपालिका सदस्यका लागि मंगलबार भएको निर्वाचनमा कांग्रेसबाट ३ जना, एमालेबाट २ जना र माओवादी केन्द्रबाट १ जना विजयी भएका छन् ।
एकल चुनावी मैदानमा रहेका तीन दलका उम्मेद्वार मध्ये एमालेकी गंगा श्रेष्ठले सबै भन्दा धेरै ३६ मत ल्याएकी थिईन् । महिला तर्फ कांग्रेसकी तारा लामाले २४ मत, फुलमायाँ लामाले २४ मत र मैया डल्लाकोटीले २३ मत पाइन् । यस्तै, माओवादी केन्द्रका महिला तर्फका उम्मेद्वार अन्जु विसुन्खे र संगिता चेपाङले १८ मत पाए ।
दलित तथा अल्पसंख्यकको २ कोटामा एमालेका आयुष प्रजाले २४ मत र माओवादी केन्द्रका सनमबहादुर प्रजाले २५ मत ल्याएर विजयी बने । कांग्रेसी विमला चेपाङले १९ मत मात्रै रह्यो।
उक्त चुनावमा माओवादीको १८ भोट, कांग्रेसको १५ भोट र एमालेको ९ भोट रहेको थियो । निर्वाचनमा कांग्रेसबाट ४ जना, एमालेबाट ३ जना र माओवादी केन्द्रबाट ३ जनाले उम्मेद्वारी दिएका थिए ।
निर्वाचित ६ जना कार्यपालिका सदस्यले आजै शपथ लिइसकेका छन् ।