त्रिपुरासुन्दरीको अध्यक्षमा उप्रेती, उपाध्यक्षमा धरेल विजयी
जेष्ठ ५ गते, २०७९ - १६ः११ मा प्रकाशित
धादिङ, ५ जेठ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु उप्रेती विजयी भएका छन् । गठबन्धन तर्फका अध्यक्षका उम्मेदवार उप्रेतीले ६ हजार ७७१ मत पए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उमेश कुमार थापाले ५ हजार १२६ मत पाए ।
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका देवराज धरेल विजयी भएका छन् । धरेलले ६ हजार ३४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार संगीता कुमालले ५ हजार २१० मत ल्याईन ।
त्रिपुरासुन्दरी गाउँपालिका–१ मा काँग्रेसका भिम प्रसाद भट्ट ,वडा न २ मा नेकपा एमालेका कृष्ण बहादुर खत्री विजयी भएका छन् ।
यस्तै वडा न. ३ मा नेकपा एमालेका कमल बहादुर थापा, वडा नं ४ मा माओवादी केन्द्रका कपिल देव सिंखडा, वडा नं ५ मा माओवादी केन्द्रका कुश बहादुर सिटौलाले जित हात पारेका छन् ।
वडा नं ६ र ७ मा माओवादी केन्द्रका क्रमशः हरि बि.क र सुवास अधिकारी (दर्पण) विजयी भएका छन् ।