चैत्र १५ गते, २०८० - १९ः२३
Follow us:

गंगाजमुनामा गठबन्धन विजयी: अध्यक्षमा लामा, उपाध्यक्षमा सिंखडा

धादिङ, ५ जेठ । गंगजमुना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भक्त लामा र उपाध्यक्षमा माओवादी केन्द्रका  रामेशवर सिंखडा विजयी भएका छन् । लामा र सिंखडा  दुबै गठबन्धनका साझा उम्मेदवार हुन् ।

लामाले ६ हजार दुइ सय ६२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भक्तबहादुर लामिछानेले ४ हजार ५० मत ल्याए । त्यस्तै गाउँपालिका उपाध्यक्ष माओवादी केन्द्रका रामेश्वर सिंखडाले ५ हजार ३८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी एञ्जिला तामाङले ४ हजार एक सय ९६ मत पाईन् ।

प्रतिकृया लेख्नुहोस्: