नीलकण्ठ नगरपालिका : मेयरमा कांग्रेसका ढुङ्गाना, उपमेयरमा माओवादीका विश्वकर्मा
जेष्ठ ५ गते, २०७९ - ०४ः०० मा प्रकाशित
धादिङ, ४ जेठ । धादिङको नीलकण्ठ नगरपालिकाका मेयरमा कांग्रेसका भिम ढुङ्गाना पुःन निर्वाचित भएका छन् । यस्तै उप मेयरमा माओवादी केन्द्रका दिपक विश्वकर्मा विजयी भएका छन् । यद्यपी निर्वाचन आयोगले आधिकारिक घाेषणा भने गरेको छैन । वडा नं. ६ मा गाेला प्रथाबाट अध्यक्ष छुट्याउन बाँकी रहेकाेले घाेषणा नगरिएकाे बताइएको छ ।
ढुङ्गानाले १३६७५ मत पाएका थिए भने उनको निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार गंगादेवी श्रेष्ठले ७६८४ मत पाइन् । यस्तै, उपमेयर विश्वकर्माले ९००३ मत पाएका थिए भने एमालेका फन्द्रा तामाङले ७७८० मत र स्वतन्त्रका उम्मेदवार कल्पना अधिकारीले ४३७१ मत पाइन् ।