चैत्र १ गते, २०८१ - १९ः५१
Follow us:

घट्यो सुनको मूल्य

धादिङ, ४ जेठ । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर ९५ हजार ८०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९६ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० ले घटेर  एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्: