माघ २६ गते, २०८१ - १८ः५८
Follow us:

ज्वालामुखीको अध्यक्षमा कांग्रेसका यमनाथ

धादिङ, ४ जेठ । धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका यमनाथ दनै निर्वाचित भएका छन् । गठबन्धनका साझा उम्मेदवार दनै ८ हजार ३४ मतिसहित निर्वाचित बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी हरि राम लोहनीले ५ हजार ४ सय ९९ मत पाए ।

यस्तै उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धर्म बहादुर अर्याल  ६ हजार ४ सय ४५ मतसहित विजयी बने ।  उनको निकटतम प्रतिद्वन्दी एमालेकी चन्द्र कुमारी अधिकारीले ४ हजार ७ सय ७१ मत पाईन् ।

प्रतिकृया लेख्नुहोस्: