धादिङ, ४ जेठ । थाक्रे गाउँपालिका ५ को वडा अध्यक्षमा सन्त बहादुर तामाङ निर्वाचित भएका छन् ।
तामाङले ६७८ मतसहित गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भुमिबहादुर तामाङलाई पराजित गरेका हुन् ।
यसअघिको निर्वाचनमा ४७३ मत ल्याई विजयी बनेका भुमिले यसपटक भने ६५३ मत पाए पनि हार व्यहोर्नु पर्यो ।