गल्छी, ३ जेठ । धादिङको गल्छी गाउँपालिकामा नेकपा एमालेका केदार खतिवडा अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कृष्णहरि श्रेष्ठ २५२ मतान्तरले पराजित भए ।
श्रेष्ठ गठबन्धनका साझा उम्मेदवार हुन् । उनी दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रिएका थिए । अध्यक्षमा विजयी खतिवडा साविक कल्लेरी गाविस अध्यक्षमा एक कार्यकाल विजयी भएका थिए ।
उपाध्यक्षमा भने कांग्रेसका भाइराजा तिवारी विजयी भएका छन् । तिवारी ७ हजार ४९४ मतसहित विजयी हुँदा दोस्रो कार्यकालका लागि उपाध्यक्षका प्रत्यासी बनेकी एमालेकी राधा तिमल्सिनाले ७ हजार ४८ मत प्राप्त गरिन् ।