धादिङ, ३ जेठ । धुनिवेशी नगरपालिका वडा नंम्बर ८ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामकृष्ण रेग्मी विजयी भएका छन् । रेग्मी गठबन्धनका साझा उम्मेद्वार हुन् ।
रेग्मीले १ हजार ७६ मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी एमालेका धुव्रलाल श्रेष्ठले ८०६ मत पाए ।
यस्तै राप्रपाका सुरेश कुँवरले ७६ मत ल्याए भने स्वतन्त्रका दिनेश रुपाखेती १४ मतमा सिमित रहे ।