धादिङ, ३ जेठ । नीलकण्ठ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली काँग्रेसका गौतमहरि अधिकारी विजयी भएका छन् । यस अघि पनि वडा अध्यक्षमा निर्वाचित भएका अधिकारी ५ सय मतान्तरले विजयी भएका हुन् ।
अधिकारीले १ हजार १ सय २ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका मेघनाथ पोखरेलले ६ सय २ मत पाए । यस्तै नेकपा एमालेका इश्वरी प्रसाद अधिकारीले ४ सय ९६ मत पाए ।
नीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसले जितेको यो पहिलो वडा हो । हालसम्म ८ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ ।