रुबीभ्यालीमा राप्रपाको गढ भत्कियो, अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
जेष्ठ ३ गते, २०७९ - १५ः३५ मा प्रकाशित
धादिङ, ३ जेठ । धादिङको रुबीभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारको विजयसँगै राप्रपाको गढ भत्किएको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्दिमान तामाङको गाउँ समेत रहेको सो क्षेत्रलाई राप्रपाको गढ मानिन्थ्यो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको चुनावी तालमेलका कारण यस पटक राप्रपाले आफ्नो गढ बचाउन सकेन ।
राप्रपाका गोम्बा घलेलाई २ हजार ७ सय ९२ मतले हराउँदै नेकपा माओवादी केन्द्रका राम सिंह तामाङ गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी गोम्बा घलेले २५९७ मत पाए ।
यस्तै धनकुमारी तामाङलाई २ हजार ९ सय ३ मतले हराउँदै नेपाली कांग्रेसका फेलामा तामाङ उपाध्यक्षमा विजयी भएका छन् ।
उपाध्यक्षमा उनका निकटतम प्रतिद्धन्द्धि राप्रपाका धनकुमारी तामाङले २ हजार १ सय ३२ मत पाए ।