धादिङ, २ जेठ । सिद्धलेक गाउँपालिकाको वडा नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शम्भु गुरुङ विजयी भएका छन् । गुरुङले १ हजार ८३९ मत ल्याउँदा उनका
निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कमल बहादुर गुरुङले ८५७ मत पाए । वडा सदस्यहरुमा झंक बहादुर सिलवाल, बद्रि प्रसाद अर्याल, शर्मिला बस्नेत बराम र खिन माया श्रीमल विजयी भएका छन् । यस अघि नै सिद्धलेक वडा नम्बर १ मा पेमा विजयी भईसकेका छन् ।