चैत्र ३ गते, २०८१ - २३ः५४
Follow us:

जनसेनाका पूर्वसेक्सन कमाण्डर वडाध्यक्षमा विजयी

 

धादिङ, २ जेठ । धादिङको गजुरी गाउँपालिका वडा नं. ५ मा जनसेनाका पूर्वसेक्सन कमाण्डर सरोज तामाङ विजयी भएका छन् ।

तामाङ गठबन्धनको साझा उम्मेदवारको रूपमा नेकपा माओवादी केन्द्रबाट ९७० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ७०५ मत ल्याए ।

उनी तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन अन्तर्गत प्रताप स्मृति ब्रिगेडको एक नम्बर बटालिएनको कम्पनी सीमा सेक्सन कमाण्डरका रूपमा कार्यरत थिए । उनी लडाकु समायोजनका बेला स्वेच्छिक अवकाश रोजेर राजनीतिमा फर्किएका हुन् ।

प्रतिकृया लेख्नुहोस्: