धादिङमा जसपाले खोल्यो खाता, रुबीभ्याली ३ मा तामाङ विजयी
जेष्ठ २ गते, २०७९ - १५ः५६ मा प्रकाशित
धादिङ, २ जेठ । धादिङमा स्थानिय निकाय चुनावमा जनता समाजवादी पार्टीले खाता खोलेको छ । रुबीभ्याली गाउँपालिका वार्ड नं ३ मा जनता समाजवादी पार्टीका फेदोर्जै तामाङ विजयी भएसँगै जसपाले खाता खोलेको हो ।
तामाङ ५०३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धन तर्फका एकीकृत समाजवादीका रिकमान तामाङले ३८७ मत ल्याए।