काठमाडाैं, १ जेठ । सिद्धलेक गाउँपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रका पेमा वाङ्ग्याल लामा विजयी भएका छन् । नेकपा एमालेका प्रत्यासी इश्वर प्रसाद सिलवाललाइ ५ सय ८ मतको फराकिलो अन्तरले पराजित गर्दै लामा विजयी भएका हुन् ।
गत निर्वाचनमा उनी एमालेका उम्मेदवारसँग वडाध्यक्षमा पराजित भएका थिए । दोस्रो प्रयासमा विजयी हुन उनले गठबन्धनको साझा उम्मेदवार बन्दै १ हजार २८१ मत ल्याए । १ हजार २ सय ८१ मत ल्याएका लामा २०७४ मा एमालेसँग नै पराजित भएका थिए ।