काठमाडाैं, १ जेठ । गजुरी गाउँपालिकाको वडा नं. १ मा नेकपा माओवादी केन्द्रका तारा भण्डारी विजयी भएका छन् । भण्डारी गठबन्धनका साझा उम्मेदवार हुन् । उनी नेकपा एमालेका प्रत्यासीसँग ५४ मतान्तरसहित विजयी भएका हुन् ।
कुनै जमानामा विद्यार्थी आन्दोलनका चर्चित नेता भण्डारी लामो समय जेल परेका थिए । गजुरी निवासी भण्डारी एमाले, माले हुँदै युद्धकालमा माओवादीमा आवद्ध भएका थिए ।