धादिङका विष्णुपुकार श्रेष्ठ चीनका लागि राजदूत नियुक्त
चैत्र २५ गते, २०७८ - ०१ः५८ मा प्रकाशित
धादिङ, २४ चैत । धादिङका पुराना कम्युनिष्ट नेता विष्णुपुकार श्रेष्ठ चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् । विहीबार बसेको मन्त्रीपरिषद् बैठकले श्रेष्ठलाई चीनका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।
हाल उनी नेकपा माओवादी केन्द्रका निर्वाचन आयोगका प्रमुख हुन् । मन्त्रिपरिषद् बैठकले राजनीतिक दलका १२ र परराष्ट्रका ८ गरी २० राजदूत सिफारिस गरेको छ ।