बैशाख ३ गते, २०८३ - ०५ः१६
Follow us:

उद्योग वाणिज्य संघ धादिङमा सर्वसम्मत कार्यसमिति चयन

धादिङबेसी, १३ चैत । उद्योग वाणिज्य संघ धादिङमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा विष्णु थपलिया सर्वसम्मत चयन भएका छन् । अघिल्लो कार्यकालका लागि भएको निर्वाचनमा उनी माओवादी निकट व्यवसायी रुद्रबहादुर खत्री रामशरणसँग पराजित भएका थिए । अध्यक्षमा निर्वाचित थपलिया काँग्रेस निकट व्यवसायी हुन् ।

स्थापनाको तीन दशकसम्म उद्योग वाणिज्य संघ धादिङमा माओवादी निकट नेतृत्व विजयी हुँदै आएका थिए । आइतबार सम्पन्न १०औं अधिवेशनले सर्वसम्मतरूपमा सबै दलको प्रतिनिधित्व हुने गरी नेतृत्व चयन गरेको हो ।

प्रतिकृया लेख्नुहोस्: