धादिङ, १३ चैत । हाँस्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) र कलाकार एवम् निर्देशक भुवन केसी राप्रपा प्रवेश गर्ने भएका छन् ।
राप्रपा स्रोतका अनुसार उनीहरु आगामी साताभित्रै पार्टी प्रवेश गर्ने तयारीमा लागेका हुन् ।
पछिल्लो समय कलाकारहरु राजनीतिक पार्टी प्रवेश गर्ने क्रम चलेको छ ।
नायिका रेखा थापा राप्रपामै छिन् भने करिश्मा मानन्धर केही दिनअघि मात्र एमालेमा प्रवेश गरेकी थिइन् ।