धादिङ, १३ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धादिङका १३ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएका छन् । आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो ।
नीलकण्ठ नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको जिम्मा रमेश प्रसाद ज्ञवालीले पाएका छन् भने धुनिबेशी नगरपालिकामा राजकुमार आचार्यले जिम्मेवारी सम्हाल्ने छन् ।
त्यसैगरी खनियाबास गाउँपालिकामा गोकुल खड्का आउनेछन् भने गंगाजमुना गाउँपालिकामा रामकृष्ण तामाङ, गजुरी गाउँपालिकामा चक्रपाणि शर्मा तथा गल्छी गाउँपालिकामा दिपेन्द्र सुवेदी निर्वाचन अधिकृत तोकिएका छन् ।
ज्वालामुखी गाउँपालिकामा हिरामणि सुवेदी, थाँक्रे गाउँपालिकामा महेन्द्र प्रसाद साखी, त्रिपुरासुन्दरी गाउँपालिकामा गोपाल लामिछाने, नेत्रावती गाउँपालिकामा आनन्दराज पन्त, बेनीघाट रोराङ गाउँपालिकामा खेमराज पाठक, रुबीभ्याली गाउँपालिकामा भीमप्रसाद सुवेदी र सिद्धलेक गाउँपालिकामा खुमप्रसाद भण्डारी निर्वाचन अधिकृतका रुपमा तोकिएका छन् ।