धादिङमा ३२ जना कोरोना संक्रमित थपिए, कुन पालिकामा कति ?
माघ २५ गते, २०७८ - ०१ः०४ मा प्रकाशित
काठमाडाैं, २३ माघ । पछिल्लो २४ घण्टामा धादिङमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका धादिङले सोमबार दिएको जानकारी अनुसार धुनिबेसीमा ४, गजुरीमा १, बेनिघाटमा ३, ज्वालामुखीमा ३, त्रिपुरासुन्दरीमा ६, गंगाजमुनामा २ र धादिंग हस्पिटलमा १३ गरि जिल्लामा ३२ पोजिटिभ देखिएको छ ।
आज एक लाख ७८ हजार ५७९ जनाले खोप लगाएका छन् । यस्तै यस अवधिमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज छ लाख २९ हजार २४१ मात्रा लगाइएको छ ।
डिस्चार्ज हुनेको संख्या ७३ रहेको कार्यालयले जनाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ र ९ जना हस्पिटल आइसोलेसनमा रहेका छन् । ७५ एण्टिजेन परिक्षणमा ३२ पोजिटिभ आएको छ । पोजिटिभिटि रेट ४२.६% रहेको कार्यालयले जनाएको छ ।
देशभर एक हजार ५७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा ११ हजार ३६५ परीक्षण गर्दा एक हजार ५७० जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार १११ पुगेको छ । पछिल्लो समय ६ हजार १४६ जना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख १५ हजार ४८९ पुगेको छ ।