धादिङ, १७ माघ । जिल्ला प्रशासन कार्यालय धादिङले आलोपालो प्रणालीमा कार्यालयको सेवा सुचारू गर्ने जनाएको छ ।
कार्यालयका कर्मचारीहरूमा कोभिड-१९ संक्रमण भएपछि यसअघि अत्यावश्यक बाहेकको सेवा बन्द गरेको थियो । माघ ९ गतेबाट आंशिकरुपमा सुरु गरिएको सेवा मंगलबारबाट स्थानीय तहहरुलाई विभिन्न बार छुट्याइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।