धादिङबेसी, ८ माघ । जिल्ला प्रशासन कार्यालय धादिङले शान्ति सुरक्षा लगायतका अत्यावश्यक कार्यबाहेक अन्य सबै सेवाहरू बन्द गरेको छ ।
बढ्दो कोभिड संक्रमणका कारण नागरिकता, राहदानी, राष्ट्रिय परिचयनपत्र, संस्था दर्ता/नवीकरण, नाबालक परिचयपत्र, सिफारिस लगायत अन्य सेवाहरू स्थगन गरिएको जिल्ला प्रशासन कार्यालयले धादिङले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार माघ ९ गते आइतबारदेखि यी सबै सेवाहरू बन्द रहनेछन् । अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीका लागि खोपकार्ड अनिवार्य गरिएको प्रजिअ लम्सालले जानकारी दिए ।